के गर्दैछन् मन्त्री अधिकारी ? निगम टाट पल्टिदैै, दैनिक करोडौँ घाटा

निकै लोकप्रिय मानिएका युवा नेता तथा हालका सस्कृती तथा पर्यटन मन्त्री रविन्द्र अधिकारी अाए यता झन् निगमको हालत बिग्रदै गएको छ ।

व्यावसायिक योजनाविनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋणैऋणमा डुब्दै गएको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो । यो दैनिक एक करोडभन्दा माथि हो ।अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए । त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघेको छ ।

कमाइको तेब्बर खर्च गराउने दुवै जहाजका लागि नयाँ गन्तव्य तय भएको छैन । जापान, चीन, कोरिया, अस्ट्रेलियालगायत लामो दुरीमा कसैले पनि अनुमति दिएको छैन ।

राम्रो कमाइ गरिरहेका अघिल्ला जहजकै ‘सेक्टर’ यिनले खोसेका छन् । यसले गर्दा ‘न्यारो बडी’को कमाइ पनि घटेको छ । स्रोत भन्छ, ‘यही अवस्था रहिरहे एक वर्षमा निगम टाट पल्टिन सक्छ।’

Loading...
प्रकाशित मिति १४ कार्तिक २०७५, बुधबार २२:५९