मन्त्री मातृका यादव हतियार सहित भारत प्रवेश, भारतमा हंगामा

एक जना बहालवाला मन्त्री सरकारको अनुमति बिना भारत प्रवेश गर्न मिल्छ कि मिल्दैन । कुटनीतिक मर्यादा विपरित नेपालका मन्त्रीले भारत प्रवेश गरे के हुन्छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव विराटनगरको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी आईसीपी निरीक्षण गर्ने क्रममा मन्त्री यादव भारत तर्फ प्रवेश गरेका हुन् । यो बिषयले भारतमा समेत हंगामा मच्चाएको छ ।

कुटनीतिक मर्यादा विपरित हतियार सहित भारत तर्फ जोगबनीमा बनेको आईसीपी छिर्ने क्रममा उनले भारत छिर्न भिसा चाहिन्छ भन्दै गेट खोल्न लगाएका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसी, प्रहरी उपरीक्षक मनोज केसी लगायतले भारत तर्फ प्रवेश गर्न नमिल्ने बताएपछि मन्त्री संगै निरीक्षण टोलीमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति सचिवहरु यामकुमारी खतिवडा र चन्द्र कुमार घिमिरे लगायत मन्त्रालयका उच्चअधिकारीहरु नो मेन्स ल्याण्ड मै रोकिएका थिए ।

कुटनीतिक मर्यादा विपरित मन्त्री यादव र एक नम्बर प्रदेशका उद्योग वन तथा वातावरण मंत्री जगदीश कुसियत भारत तर्फको आईसीपी निरीक्षण गर्न भारत प्रवेश गरेपछि निरीक्षण टोलीका अन्यहरु भने केही बेर अन्यौलमा परेका थिए ।

मन्त्री यादवले भारत तर्फको निरीक्षण गरी फर्केपछि नेपाल तर्फको निर्माणाधीन आइसीपीको निरीक्षण गरेका थिए । संचारकर्मीहरुको जिज्ञासामा मन्त्री यादवले भारत तर्फ आफुले सोधेरै गएको जानकारी दिएका छन् । उनले तोकिएको समयमा नेपाल तर्फको निर्माण कार्य सम्पन्न गर्न भारतीय ठेकेदारलाई आग्रह गरेको बताए ।

एकीकृत जाँच चौकी निर्माण पछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको आयात निर्यात गर्न सकिने, अनाधिकृत आयात निर्यात व्यापार बन्द हुने मात्र नभई आयात निर्यातकर्ताले एकै ठाँउमा भंसार, बैंक, फाइनान्स, ढुवानी लगायतका सुविधाहरु पाउनेछन् ।

Loading...
प्रकाशित मिति १५ कार्तिक २०७५, बिहीबार ००:०९