काङ्ग्रेस नेता शाहले अाफ्नै ५ करोड लगानीमा अस्पताल खोले

काङ्ग्रेसका नेता तथा पुर्वसांसद राजीवविक्रम शाहले छेडागाड ५ बडावनमा २५ शय्याको अस्पताल बनाएका छन्। ५ करोड रुपैयाँ लागतमा एक वर्षअघि थालिएको अस्पताल अब सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।

सर्वसुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले व्यक्तिगत लगानीमा अस्पताल बनाएको पूर्वसांसद शाहले बताए। उनले मंसिरभित्र अस्पतालको भौतिक पूर्वाधारका सबै काम सकिने बताए।

‘कम्तीमा एक जना एमडीजीपी गरेको डाक्टर राखेर सामान्य खालका शल्यक्रियासहित सेवा उपलब्ध गराउने तयारीमा छौं’, उनले भने।

सांसदकै अगुवाइको संस्था कुमारी ट्रस्टले सञ्चालन गर्ने अस्पतालमा मासिक कम्तीमा ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। डाक्टर र स्टाफका लागि आवास, प्रशासनिक भवन, सोलार र जेनेरेटर राख्ने भवन पनि निर्माण गरिएको छ। भूकम्पप्रतिरोधी भवन निर्माणसँगै अस्पतालका लागि आवश्यक पर्ने २ करोड ५० लाख रुपैयाँका उपकरण पनि किनिएको छ।

शाहले ०७० सालको निर्वाचन क्रममा जाजरकोटका जनतासँग अस्पताल निर्माण गर्ने प्रतिबद्धता गरेकाले सामुदायिक अस्पताल निर्माण गरेर जनतासँग गरेको वाचा पूराा गरेको बताए।

Loading...
प्रकाशित मिति १५ कार्तिक २०७५, बिहीबार २०:१६