हत्यारालाई विद्युतीय कुर्चीमा राखेर दिईयो मृत्युदण्ड ! हेर्नुहोस

दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ ।

विद्युतीय विधिबाट पाँच वर्षमा मृत्युदण्ड दिइएको पहिलो घटना हो । मृत्युदण्ड पाउनेमा ६३ वर्षीय एडमन्ड जागोस रहेका छन् । जागोर्सकीले सन् १९८३ मा दुई व्यक्तिलाई गाँजाको लोभ देखाएर जङ्गलमा पुर्याई हत्या गरेका थिए । हत्या गरिएका व्यक्तीको शव दुईहप्ता पछि फेला परेको थियो ।

अमेरिकी सर्वोच्च अदालतमा अन्तिम क्षणमा गरिएको अपिल सर्वोच्चले खारेज गरेको थियो । मृत्युदण्डका लागि संयुक्तराज्य अमेरिकाका नौवटा राज्यमा अझै पनि विद्युतीय कुर्चीको प्रयोग हुने गरेको छ ।

टेनिसी राज्यका अधिकारीहरुले टेनिसी राज्यको कानुन बमोजिम मृत्युदण्ड दिइएको बताएका छन् ।

Loading...
प्रकाशित मिति १७ कार्तिक २०७५, शनिबार ००:५८