नेपाल आइडलबाट किन बाहिरिए सुविन सिंह ?

चर्चित रियालिटी शो नेपाल आइडल-२ बाट सुर्खेतका सुविन सिंह बाहिरिएका छन्। कार्यक्रमको नियमअनुसार अन्य प्रतिस्पर्धीमध्ये सबैभन्दा कम भोट ल्याएको आधारमा उनी बाहिरिएका हुन् ।

उनी बाहरिदाँ धेरैका अाँखा अोभानो रहन सकेनन् । सानैदेखि संगीतमा रुचि राख्ने सिंह यही क्षेत्रमा विशेष रसपमा अघि बढ्ने बताउछन्। नेपाल आइडल आउनुअघि उनी कतार बसेर फर्किएका हुन्।

प्रतियोगिता बाहिरिँदा अलिकति जिम्मेवारी, अलिकति खुसी र थोरै दुःख लागेको उनले प्रतिक्रिया दिए । नेपाल आइडलले आफ्नो लक्ष्य पूरा गर्न बाटो खोलिदिएकोमा उनले कार्यक्रमप्रति आभारी व्यक्त गरे।

‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ नाराका साथ नेपाल आइडल सिजन २ गत साउन २४ देखि एपिवान टिभीमा सुरु गरिएको हो।

Loading...
प्रकाशित मिति १७ कार्तिक २०७५, शनिबार १०:१८