संसारमै नमुना रेलसेवा नेपालमा : सरकारले भारतबाट ‘रेल भाडा’मा लिएर चलाउने

रेल विभागले जनकपुर जयनगर रेल ट्रयाकमा रेलको इन्जिन र डिब्बा भाडामा लिएर सञ्चालन गर्ने तयारी गरेको छ ।आगामी महिनादेखि पुर्णतया सञ्चालनमा आउने गरी जनकपुर जयनगर रेलवे ट्रयाक निर्माणको काम भइरहेको छ ।

ट्रयाक बने पनि रेलको इन्जिन, डिब्बा र आवश्यक जनशक्तिको प्रबन्ध गर्न नसक्दा सुरुवाती चरणमा तेस्रो पक्षसंग भाडामा लिनुपर्ने अवस्था सिर्जना भएको हो ।

तत्कालका लागि रेल सञ्चालनको पुरै जिम्मा तेस्रो पक्षलाई दिने वा रेलको इन्जिन, डिब्बालगायत आवश्यक सामग्रीसहितको जनशक्ति तेस्रो पक्षबाट भाडामा लिएर रेल सञ्चालन गर्ने भन्ने बारेमा विभाग छलफलमा छ ।

तर तत्कालका लागि रेल सेवा सञ्चालन गर्न आवश्यक इन्जिन, डिब्बालगायत जनशक्ति पनि नभएकाले भाडामा लिनुको विकल्प नभएको रेल विभागका प्रवक्तासमेत रहेका सिनियर डिभिजन इन्जिनियर अमन चित्रकारले बताए ।

प्रवक्ता चित्रकारले दीर्घकालीन रुपमा रेल सेवा सञ्चालनका लागि ट्रेनसेट किन्नुपर्ने र आवश्यक जनशक्ति पनि तयार पार्नुपर्ने भएकाले त्यसतर्फ लगानी बढाउनुपर्ने बताए ।

पहिलो चरणमा धनुषाको जनकपुर नजिक कुर्धादेखि भारतको जयनगर सम्मको रेल ट्रयाकको स्तरोन्नतिको काम भइरहेको हो । यो खण्डको रेल ट्रयाक स्तरोन्नतीको काम आगामी महिना सकिदैछ ।

Loading...
प्रकाशित मिति १७ कार्तिक २०७५, शनिबार १५:४६