डरलाग्दो बाईक दुर्घटना : भाईको मृत्यु, दाजु गम्भिर घाईते

झापाको कमल गाउँपालिकामा शनिबार मारुती भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका-३ स्थित केर्खामा शनिबार दिउँसो भएको सडक दुर्घटनामा पाँचथर कुम्मायक-५ माङ्गजावुङ्गका २८ वर्षीय श्रवणकुमार शेर्माको मृत्यु भएको छ भने उनका दाजु ताराकुमार शेर्मा घाईते रहेका छन्। घाइतेको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।

उनको भने लाइफलाइन अस्पताल, दमकमा उपचारको क्रममा मृत्यु भएको हो । पूर्वबाट पश्चिम आउँदै गरेको मे ६ प ८९७४ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको मे २ च ११८१ नम्बरको मारुती भ्यानले ठक्कर दिँदा दुर्घटना भएको समाचार अन्नपूर्ण पोष्टमा छाविएको छ ।

Loading...
प्रकाशित मिति १७ कार्तिक २०७५, शनिबार २०:१६