शिक्षकलाई फेसबुक प्रतीबन्ध : फोटो अपलोड, कमेन्ट समेत गर्न नपाउने

सरकारले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ।

मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशिका २०७५’ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर र भाइबरजस्ता सामाजिक सञ्जाल आफूखुशी प्रयोग गर्न रोक लगाएको हो ।

६ बुँदे मार्गनिर्देशन तत्काल लागू हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रूपमा खिचिएको धार्मिकस्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्विरसमेत सामाजिक सञ्जालमा राख्न नपाइने भएको छ।

त्यस्तै कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा सहभागीले मोबाइल प्रयोग गरी अनावश्यक फोटो खिच्न नपाइने भनिएको छ। कुनै कारणवस तस्विर खिचेमा स्वीकृति नलिई सामाजिक सञ्जालमा राख्न, कमेन्ट गर्नसमेत रोक लगाइएको समाचार कान्तिपुर दैनिकमा छ।

Loading...
प्रकाशित मिति १८ कार्तिक २०७५, आईतवार ००:५९