लक्ष्मीपुजाको दिन पिपलको फेदमा गाड्नुहोस ५ चिज, तपाईको जिवनमा हुनेछ धनबर्षा

नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिदै छ। यतिबेला गाउँ -ंशहरमा तिहारको रौनक छाउन लागिसकेको देख्न सकिन्छ। तिहारका सामग्रीहरुले बजारहरु समेत रंगीचंगी बनिसकेका छन्। तिहारमा यमपन्चकको तेस्रो दिन हुने लक्ष्मी पूजाको विशेष महत्व रहने गर्छ।

माता लक्ष्मीलाई धनको प्रतिक मानिने भएकाले पनि उनको विधिवत पूजा गरि आफ्नो घरमा वास गराउने इच्छा जो कोहि हुने गर्छ। लक्ष्मी मातालाई प्रसन्न गराउन सकेमा उहाँको कृपाले जीवनभर आर्थिक संकटको सामना गर्नु नपर्ने मान्यता रहेको छ।

आज हामी तपाईहरुलाई दिपावलीको दिन महालक्ष्मीलाई प्रसन्न गराउने एक उपाएको बारेमा बताउन जाँदै छौँ जुन कार्यले तपाईका सम्पूर्ण दुख कष्टका साथै आर्थिक संकटहरु हराएर जनेछन्।

दिपावलीको दिन विहान छिट्टै उठेर पूर्ण शरीर स्नान गरि दिनभर वर्त बस्ने र साँझ गरिने लक्ष्मीको पूजाको तयारी गर्नुहोस।

यस दिन विहान नुहाएर चोखो कपडा लगाई नजिकै रहेको पिपलको रुखको पूजा गर्नका लागि ५ वटा पिपलको पात टिप्नुहोस्। यसरी पातहरु टिपेपछि छुट्टाछुट्टै गरेर लक्ष्मीको सामु रातो कपडा माथि राखी पहिलो पातमा कुनै एक सिक्का चढाउनुहोस्, दोस्रो पातमा सिन्दुर र पानी मिसाएर स्वास्तिक चिन्ह बनाउनुहोस् यसैगरी तेस्रो पातमा गहुँ वा चामलको केहि दाना राख्नुहोस त्यसपछि चौंथो पातमा एउटा क्रश चिन्ह बनाउने र अन्तिममा बाँकि रहेको पातमा आफ्नो दाहिने हातको पाँचै औंलाको छाप लगाउनुहोस्।

यति गरिसकेपछि ५ जोर बत्ति बालेर पिपलको रुख वरिपरि घुम्नुहोस र पाँचै वटा पातमा छुवाएर भुइँमा राख्नुहोस।त्यसपश्चात अन्तिममा उक्त रातो कपडाले पाँचै वटा पात बेरेर त्यस स्थान वारीपरि पिपलको रुख नजिकै रहनेगरि एउटा सानो खाडल खनेर खान्नुहोस र यी सम्पूर्ण सामग्रीहरु त्यसै खाल्डोमा गाड्नुहोस्।

माथि उल्लेख यी सम्पूर्ण कार्यहरु गर्नाले तपाईका सम्पूर्ण दुख कष्टहरु नाश भएर जानुको साथै सम्पूर्ण आर्थिक समस्याहरु हल हुँदै जानेछन। यो कार्यले तपाईंको भाग्य चम्किने हुँदा जीवनमा सोचेका वा आँटेका सम्पूर्ण कामहरु सफल हुने र प्रशस्त धन आर्जन हुने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ।

Loading...
प्रकाशित मिति १८ कार्तिक २०७५, आईतवार ११:३१