यिनै हुन हिन्दुधर्मलाई गाली गर्दै ईसाईको प्रचार गर्दा पक्राउ परेका ४ जना, कडा कार्वाहीको माग गर्दै शेयर गरौ

धर्म परिवर्तन गर्ने उद्देश्यले ईसाई धर्म प्रचार गर्दै हिडेको आरोपमा दुई जापानी महिलासहित चारजना महिला बुटवलबाट पक्राउ परेका छन् ।

बुटवल–१४ पदमपुर क्षेत्रको सुकुम्बासी बस्तीमा बाइबल ग्रन्थ र प्रचारक पुस्तक बोकेर उनीहरु धर्म प्रचारमा हिँडेका थिए ।

हिन्दु धर्मको कडा आलोचना गर्दै भ्रम छरेको भेटिएपछि स्थानीयबासीले ती महिलालाई पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् । स्थानीय पूर्ण पौडेलको टोलीले उनीहरुलाई नियन्त्रण लिएर वडा प्रहरी कार्यालयमा बुझाएको हो ।

पक्राउ पर्नेमा जापानिज दुई महिला ४९ वर्षीया यासुको ओबा, ४५ वर्षीया मारी क्युरा छन् । त्यस्तै गोरखा घर भइ बुटवल बस्ने तीर्थमाया घले र तिलोत्तमाकी पुष्पा घिमिरे रहेका छन् ।

उनीहरुले राहदानीसमेत साथमा नराखी धर्म प्रचारमा लागेको बताइएको छ । प्रहरीले कोठामा राखेको राहदानी ल्याउन आग्रह गरेको छ ।

बुटवलको सुकुम्बासी बस्तीहरुमा पछिल्लो समय धर्म प्रचारका गतिबिधि बढेका छ । प्रगतिनगरमा निशुल्क ट्युसन पढाउने भन्दै इसाई धर्मको प्रार्थना गराउने गरिएको स्थानीयले बताएका छन् ।

आइतबार पक्राउ परेका यी दुई महिला एक महिनादेखि धर्म प्रचारमा हिँडेको प्रहरीले जनाएको छ । धर्म परिवर्तन गराए वापत आर्थिक सहयोग गर्ने प्रलोभन देखाउने गरिएको स्थानीयले बताए । अन्नपूर्ण पोष्टमा समाचार छ

Loading...
प्रकाशित मिति १८ कार्तिक २०७५, आईतवार १२:१०