अम्पायरसँग लफडा गरेपछी सन्दीप कारवाहीमा : समर्थकले भने घमण्डी

पछिल्लो समय निकै चर्चामा अाएका युवा क्रिकेटर तथा बिराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछाने अम्पायरसँग विवाद गरेका कारण कारवाहीमा परेका छन् ।

पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अम्पायरको निर्णयविरुद्ध विवादमा उत्रिएका थिए । जसका कारण म्याच रेफ्रि सत्यजित सरकारले आईसीसीको नियम उल्लङघन गरेको भन्दै सन्दीपलाई एक डिमेरिट्स अंक दिएका हुन् ।

शनिबार चितवन राइनोजविरुद्धको खेलमा सन्दीपले अम्पायर विनयकुमार झा र संजयकान्त सिग्देलसँग पटक पटक विवादमा उत्रिएका थिए । अम्पायरको निर्णयविरुद्ध खेल भावना विपरीत कार्य गरेपछि मैदानमा उपस्थित समर्थकहरुले पनि सन्दीपलाई ‘घमन्डी’ भन्दै उनीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

Loading...
प्रकाशित मिति १८ कार्तिक २०७५, आईतवार २३:२९