काठमाडौंमा भेटियो महिलाको शव : हुनसकेन सनाखत, शेयर गरेर जानकारी गरौँ

काठमाडाैं जिल्लाकाे चन्द्रागिरी नगरपालिका २ पात्लेवनमा महिलाको शव शंकास्पद अवस्थामा भेटिएको छ । अाइतबार साँझसम्म मृतकको सनाखत हुन सकेको छैन ।

करिब ३/४ हप्ताअघि नै मृत्यु भइसकेको जस्तो देखिने शव भेटिएको र स्थानीयले खबर गरेपछि पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाएको छ । महिलाको उमेर २० देखि ४० सम्मको हुन सक्ने प्रहरीको अनुमान छ ।

महिलाले नीलो सारी, रातो रङको पेटीकोट र नीलो ब्लाउज लगाएको देखिएको छ । दुबै हातमा नीलो बाला लगाएको र बाँया खुट्टाको गोलीगाँठोमा कालो धागो बाँधेको देखिएको प्रहरीले बताएको छ ।

महिलाको शव छेउमा लेडिज चप्पल पनि भेटिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यसरी दिनानुदिन देशमा महिला असुरक्षित बन्दै गईरहेका छन् ।

Loading...
प्रकाशित मिति १९ कार्तिक २०७५, सोमबार ०४:०३