१०० वर्षमा हजुरबा-हजुरआमाको बिहे : भन्छन्- अर्को सय बर्ष बाँच्न मन छ

हजुरबुवा र हजुरआमाको विवाह छोरानातीले गराइदिएको भनेर सुन्दा पत्याउन गार्हो पर्ला तर यो सत्य घटना हो नीलकण्ठ नगरपालिका-८ बस्ने केशरीदत्त कोइराला सय वर्ष पुगेको अवसरमा छोरानातीले हजुरआमा र हजुरबुवाको पुनर्विवाह गराइदिएका हुन्।

गाउँ, टोलबासी र आफन्तले केशरीदत्त कोइराला र उनकी श्रीमती हिरामाया कोइरालालाई परम्परागत डोलीमा राखेर अविरजात्रा गरी पञ्चेबाजा बजाउँदै गाउँ परिक्रमा गराएका थिए।

हिन्दुधर्मशास्त्र अनुसार शतवार्षिकोत्सव मनाउन पाउनु भनेको सबैभन्दा ठूलो कुरा रहेका पुरोहित नवराज अधिकारीले बताए । आफ्नो बुवालाई सय वर्षसम्म देख्न पाउनु छोराछोरी र नातिनातीनाका लागि भाग्यको कुरा तथा बाच्ने व्यक्तिका लागि सुखद कुरा रहेकाले विशेष समारोह गरी शतवार्षिकोत्सव मनाइएको अधिकारीले बताए।

पृथ्वीमा जन्म लिने जोसुकै मानिसले सय वर्षको आयु नपाउने भएकाले पछिल्लो पुस्ताका लागि शतवार्षिकोत्सव कार्यक्रम विशेष हुने गर्छ।

टोल परिक्रमा पछि सबैजना आफन्त र गाउँबासी मिलेर केक पनि काटेका थिए। सय वर्ष पुगेको मानिसले दिएको आशिर्वाद पुरा हुन्छ भन्ने जनविश्वसाका साथ सय वर्षे हजुरबुवाको आसिरवाद लिन मानिसको भीड समेत लागेको थियो।

सय वर्षको उमेरमा छोरानातिले बाजागाजा बजाएर गाउँ परिक्रमा गराएपछि सय वर्षे हजुरबुवा केशरीदत्तले साह्र्रै खुसी लागेको बताए। ‘सारा संसार दुःख कष्ट गरेर बाचेको यही दिन देख्नलाई रहेछ, यत्रो रमाइलो र भव्य कार्यक्रम देख्दा अर्को सय वर्ष बाँच्ने इच्छा जागेको छ।’ डोलीबाट मुसुक्क हाँस्दै भने । अन्नपूर्ण पोष्टमा खबर छ ।

Loading...
प्रकाशित मिति १९ कार्तिक २०७५, सोमबार ०४:२६