अाज काग तिहार : सुटुक्क यी काम गर्नु भएमा हुनेछ धनबर्षा

अाज काग तिहार हरेक वर्ष कात्तिक कृष्ण पक्ष त्रयोदशीको तिथीका दिन अर्थात धनवन्तरी त्रयोदशीका दिन काग तिहार मनाउने गरिन्छ ।

यो दिनलाई धनका देवता कुबेरको जन्मदिन र आयुर्वेदका प्रवर्तक धन्वन्तरीको एक पर्व पनि हो । यो दिन नेपालको तराई क्षेत्रमा नयाँ भाँडा कुँडा किनमेल गर्नुको साथै सुनचाँदीको गरहगना किनमेल गर्ने चलन पनि रहेको छ ।

धनतरेसको दिनमा कागको पुजाआज गरि दिपदान गर्ने गरिन्छ । यस दिन घरमा विभिन्न वस्तुहरु किनेर भित्र्याउनाले वर्षभरि धन प्राप्त हुने र लक्ष्मी सधै साथमा रहने विश्वास रहेको छ ।

त्यसै मध्य अाज हामी तपाईलाई काग तिहारको दिन कसैलाई थाहा नदिई घरमा भित्र्याउने सामानको बारेमा जानकारी दिन गइरहेका छौँ । जसले गर्दा घरमा आर्थिक लाभ हुनेे बिश्वास गरिन्छ ।

गरगहना :
काग तिहारको दिन सुन तथा चाँदीका गरगहना खरिद गर्नु शुभ मानिन्छ । कसैलाई थाहा नदिइकन खरिद गरेको गरगहना लक्ष्मीलाई अर्पित गरेमा धन लाभ हुनेछ ।

शंख :
शंखलाई हिन्दु धर्ममा विशेष स्थान दिइएको हुन्छ । घरमा शंख बजाउनाले घर शुद्ध हुने मान्यता रहेको छ । काग तिहारको दिन कसैलाई थाहा नदिइ घरमा शंख ल्याएर लक्ष्मीलाई अर्पित गरेमा लक्ष्मी खुसी हुने गर्छिन् ।

धनियाका दाना :
काग तिहारको दिन तपाईले आफ्नो घरको बगैँचामा धनियाँको दाना कसैलाई थाहा नदिई लक्ष्मी माता प्रसन्न हुने मान्यता रहेको छ ।

यसरी यि काम गर्नु भएमा पक्कै यहाँहरुलाई धनलाभ मिल्नेछ।

Loading...
प्रकाशित मिति १९ कार्तिक २०७५, सोमबार ०४:४६