नेपाल अाईडलमा अाउट ‘सुरज’ दि भ्वाईस अफ नेपालमा तहल्का पिट्दै

पछिल्लो समयको चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालमा अहिले लाइभ राउन्ड चलिरहेको छ कार्यक्रम हरेक हफ्ताको शनिवार र आइतबार राती ९ बजे कान्तिपुर एचडिबाट प्रसारण भइरहेको छ ।

कार्यक्रमको फर्म्याट अनुसार लाइभ राउन्ड कार्यक्रममा दुईजना निर्णायक तथा कोचहरूले आफ्ना चार/चार जना प्रतिस्पर्धीहरूलाई प्रस्तुत गराउने छन् भने सो मध्ये एक जनालाई ‘सेभ’ बचाउन सक्नेछन् ।

बाँकी ३ जना प्रतिस्पर्धीहरूलाई भने भोटिङ्गको लागि अगाडि पठाउनेछन् । हिजो आइतबार “द भ्वाइस अफ नेपाल”को चौठो लाइभ राउन्ड अर्थात एपिसोड १९ प्रसारण भएको छ । र यस राउण्डमा टिम सनुप र टिम प्रमोदबाट चार-चार जना प्रतिस्पर्धीहरूले आफ्नो प्रस्तुति दिएका छन् ।

सुरज त्यस्तो कन्टेस्टेन्ट हुन् जो गत वर्षको नेपाल आइडल सिजन १ मा चाग लिएका थिए र उनी फाइनलसम्म भने पुग्न सकेनन् । त्यसपछि उनी यो वर्ष द भ्वाइसमा आएका छन् र सेलेक्ट भएर टिम प्रमोदबाट आफ्नो प्रस्तुती दिइरहेका छन् भने आज यस लाइभ राउण्डसम्म आइपुगेका छन् ।

Loading...
प्रकाशित मिति १९ कार्तिक २०७५, सोमबार ११:५२