अहिलेे कलंकी कोटेश्वरमा पुग्दा बिदेस नै पुगेको आभाष हुन्छ । चिल्लो र फराकिलो सडक । सडक जाम नहोस् भनेर बनाइएको अण्डरपास । व्यवस्थित ढल र नाला । सडकको दायाँबायाँ फुटपाथ र पब्लिक बस स्टप ।
चीनको आर्थिक तथा प्राविधिक सहयोगमा सडक निर्माण भएको हो । सडक बनाउने क्रममा यो सडकमा हिँड्नेहरु धुलो उडेर हैरान बनेका थिए । तर अहिले कुनै विदेशी भूमिमा पुगेको आभाष हुन्छ ।
चीन सरकारको आर्थिक सहयोगमा चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले २०७१ सालमा यो सडक विस्तार सुरु गरेको थियो । सुरुमा २०७४ भित्र सडक बनाइसक्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दीलगायत विभिन्न समस्याका कारण झण्डै दुई वर्ष ढिलो गरी सडक निर्माण भएको हो ।
कलंकीदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्वर चोकसम्मको १० दशमलब ३९ किलोमिटर सडक ८ लेनमा विस्तार गरि सडकमा बनाउनुपर्ने पुल तथा कलंकीको अण्डरपास सबैको काम सकिसकेको छ ।