बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य, खर्च कति ?

बैंककमा उपचार गराउन पुगेका प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको देखिएको छ ।

घाँटीसम्बन्धी समस्या पत्ता नलागेपछि उनी उपचारका लागि गत शुक्रबार थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।
मुख्यमन्त्री राईको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा भएको स्वास्थ्य जाँचअनुसार अवस्था सामान्य रहेको उनको सचिवालयले जानकारी हो ।

घाँटीको समस्याबाट पीडित उनको विस्तृत रिपोर्ट कात्तिक २६ गते प्राप्त हुने भएको छ । उपचार खर्च के कति केही खुलाईएको छैन र उनि निजी खर्चमा उपचारका लागि थाइल्याण्ड गएको बताईएको छ।

Loading...
प्रकाशित मिति २० कार्तिक २०७५, मंगलवार ०८:२८