पोखरामा डरलाग्दो ट्याक्सी दुर्घटना : २४ बर्षिय सुमनको मृत्यु

पोखराको पुम्दीभुम्दीमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग्यारेजमा धुन दिइएको ट्याक्सी बिहान ६:३० बजे लिन जाँदा नभेटिएपछि ट्याक्सीधनिले प्रहरीमा खबर गरेका थिए ।

ग्यारेजका मालिक समेत बेखबर रहेको सो घटनाका बारेमा ट्याक्सी दुर्घटनापछि मात्रै हराएको र दुर्घटना भएको सत्य बाहिर आएको हो ।

आइतबार ट्याक्सी धुन भनेर ट्याक्सी चालक राजु थापाले ग्यारेजमा ट्याक्सी छोडेका थिए । सोमबार बिहान जाँदा ट्याक्सी ग्यारेजमा थिएन । अनुसन्धानका क्रममा सोमबार राति दुर्घटना भएको सोही ट्याक्सी भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।

दुर्घटनामा अन्दाजी २४ वर्षीय सुमन पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको थप पहिचान खुल्न बाँकी छ । ग १ ज ५४३ नं को ट््याक्सी पोखरा २२ पुम्दीभुम्दीस्थित फलेंटेको मोडमा दुर्घटना भएको हो । ट्याक्सी सडकबाट ५०० मिटर तल खसेको थियो । मृतक पौडेलको घर कास्कीको कृस्तीमा छ ।

उनले सिक्नका लागि राति ट्याक्सी लगेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Loading...
प्रकाशित मिति २० कार्तिक २०७५, मंगलवार १२:१२